काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक ( आईजीपी ) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइ दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक ( एआईजी ) पौडेललाई आईजीपी ( सशस्त्र प्रहरी प्रमुख ) मा बढुवा गर्ने निर्णय गरेको थियो । १८ वैशाखबाट तत्कालीन आईजीपी राजु अर्याल अवकास भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् ।
तत्कालीन गृहमन्त्री सुदन गुरुङले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रधानमन्त्रीले लगाइदिने व्यवस्था गरिने बताएका थिए। यो बीचमा उनी आफैँ मन्त्रीबाट हटेपछि त्यो विषय आफैँ सेलाएको थियो।
