काठमाडौँ । सभामुख डोलप्रसाद ९डीपी० अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपश्चात् पहिलो शिष्टाचार भेट गरेकी छन् । सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेटघाट भएको हो ।
भेटमा अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेको अर्यालको सचिवालयले जानकारी दिएको छ ।
