काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र सांसदहरूबिच छलफल भएको हो । यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकीका सांसदहरूसँग पनि छलफल गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले जिल्ला र निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे जिज्ञासा राख्ने गरेका छन् ।
