काठमाण्डौं । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसीरहको छ । सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगै रहेको समितिको सभाकक्षमा बुधबार दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ।
त्यसैगरि अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूचीसमेत छ।
