काठमाण्डौं । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ । संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाएको हो । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक सोमबार ९आज० बिहान ११ बजे बस्दैछ।
संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो। बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ।
बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। उनका अनुसार आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुनेछ।
