मुस्ताङ । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात भएको छ। मुक्तिनाथको बसपार्क क्षेत्र यतिबेला हिमपातले सेताम्मे भएको छ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथस्थित रानीपौवा बसपार्क हिमपातले सेताम्मे बनेको हो। हिउँले मुक्तिनाथ क्षेत्रअन्तर्गत रानीपौव बजार, झारकोट र बसपार्क क्षेत्र सेताम्मे बनेको छ।
गएराति मुस्ताङ र मनाङका धेरै ठाउँमा हिउँ परेको छ। हिमपातको कारण जाडो बढेको स्थानीयले बताएका छन्।
