काठमाण्डौं । प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद ( डीपी ) अर्याललाई बधाई ज्ञापन गरेका छन्।
आइतबार बसेको बैठकमा केसीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका हुन्। बैठकमा उक्त पदका उम्मेदवारको सूचना दिने प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १ः०० बजे हुनेछ।
