काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद डोलप्रसाद अर्याल ९डीपी० प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आइतबार अर्याल सभामुख भएको घोषणा गरेका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई अर्थमन्त्री डा। स्वर्णिम वाग्ले लगायतले समर्थन गरेका थिए।
अर्थमन्त्री वाग्लेले २०४७ सालयताका सभामुख दमननाथ ढुंगानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसद्लाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचित हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। अर्याल हालै सम्पन्न निर्वाचनमा काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
