काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न मागसहितको निवेदन लिएर शोभा पाठक प्रहरीकहाँ पुगेकी छन् ।
बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले यसअघि उजुरीसमेत दिएकी थिइन् । आज बिहान जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पाठक पुगेकी हुन् ।
पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छन् ।
