काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरुको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन्। उनले लेखेका छन्– ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे ९मादक पदार्थ सेवन० र लापसे ९लागु पदार्थ सेवन० चेक जाँच दैनिक गरिनु पर्दछ।’
देशको स्वास्थ्यको लागि यो अनिवार्य रहेको बताउँदै उनले सांसदहरूको पनि चेक जाँच गर्न माग गरेका छन् ।
