काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ ।
खड्कालाई आइतबार बिहान महाराजगञ्जस्थित अपटमेन्टबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी ) का प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिइएको हो । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उनको घरमा रकम भेटिएको थियो ।
