कन्चनपुर । कन्चनपुरको महेन्द्रनगरमा नेकपा एमाले र नेपाली काङ्ग्रेसले संयुक्त रूपमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा प्रदर्शन गरिएको हो।
काङ्ग्रेस केन्द्रीय समितिले पक्राउबारे औपचारिक धारणा नबनाए पनि लेखकको गृह जिल्लामा भने काङ्ग्रेस आन्दोलनमा उत्रिएको छ। नेपाली काङ्ग्रेस कञ्चनपुरले पक्राउको विषयमा छलफल गर्न जिल्ला कार्यसमितिको आकस्मिक बैठकसमेत डाकेको थियो।
बैठकमा नवगठित सरकारले षड्यन्त्रपूर्वक राजनीतिक प्रतिशोध साधेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलन गर्ने निर्णय गरिएको जनाइएको छ।
हाल एमाले र काङ्ग्रेसका नेता–कार्यकर्ताहरू संयुक्त रूपमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।
