काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ ।
भक्तपुरको गुण्डु र कटुञ्जेस्थित आ(आफ्नो निवासबाट २ नेतालाई प्रहरीले गिरफ्तार गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । प्रहरीले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगेको बताइएको छ । अस्पतालबाट ल्याएर उनीहरूलाई हिरासतमा राखिनेछ ।
आज सार्वजनिक बिदा भएकाले म्याद थप सम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि भोलिसम्म कुर्नुपर्ने प्रहरीले अधिकारीले बताएका छन् ।
