काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह ९बालेन० नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ ( १ ) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्।
नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। उनले त्यस निर्वाचनमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरे।
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा भएको हो। उनको पुख्र्यौली घर महोत्तरीको एकडारा हो। रासस
