काठमाडौँ । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रपरिषद्मा मन्त्री बन्ने सूचीबाट अमरेश सिंहको नाम अन्तिम समयमा काटिएको छ । उनलाई उद्योग मन्त्रालय दिने तयारी थियो । तर, अन्तिममा यो मन्त्रालय बालेन्द्र आफैंले राखेका छन् ।
परराष्ट्रमन्त्री दाबी गरेका सिंहलाई उद्योगमन्त्री प्रस्ताव गरिएपछि उनले पद अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ। सिंहका स्वकीय सचिव रञ्जीत झाले भने, उहाँले सांसद्कै रुपमा रहेर देशको सेवा गर्ने बताउनुभएको छ ।
उनी कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) बाट सांसद् निर्वाचित भएका थिए।
