काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् ।
अर्याल गृहमन्त्रीका दाबेदार थिए । तर, गृहमा सुदन गुरुङले अडान छोडेनन् । अन्ततः डीपी सभामुख बन्न राजी भएका छन् । उनले अब पार्टीको साधारण सदस्यता पनि त्याग्नुपर्ने हुन्छ ।
