काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटा तथा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मङ्गलबार ( चैत १० गते ) लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार सामुहिक भेट गरेका छन् ।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदान पश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्वपूर्ण छलफल भएको थियो ।
