काठमाण्डौं । इरानले इजरायलविरुद्ध हवाई हमला तीव्र पारेको छ। मंगलबार पनि इजरायलका धेरै स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको इरायली रक्षा बल ९आईडीएफले० जनाएको छ।
आईडीएफले भनेको छ, ‘होम फ्रन्ट कमान्डबाट उद्धार र राहत टोली आक्रमण भएको भनी खबर आएका क्षेत्रमा पठाइएको छ। ती इलाकामा भिडभाड नगर्नू।’ इजरायलको आपत्कालीन सेवाको टेलिग्राममा पोस्ट गरेका तस्बिरमा भवनबाट धुवाँ निस्किरहेको देखिन्छ।
मंगलबारको आक्रमणले इजरायलमा भवनहरूमा ठुलो क्षति भएका तस्बिर सार्वजनिक भएका छन्। मानवीय क्षतिका विषयमा भने यो खबर लेख्दासम्म जानकारी आइसकेको छैन।
