काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिबाट दिएको राजीनामा अस्वीकृत भएपछि केन्द्रीय कार्यसमितिले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्
मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताए। ‘मैले आफ्नो जे कर्तव्य ठाने, त्यो गरेँ,’ थापाले भने।
थापाले सभापति दिएको राजीनामालाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेको छ। त्यसपछि उनी आज सभापतिको रुपमा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन्। बैठकको नेतृत्व गर्दै उनले केन्द्रीय कार्यसमितिको बैठकको गरेको निर्णय ठीक कि बेठीक भनेर भन्ने बेला नभएको जिकिर गरे। ‘केन्द्रीय कार्यसमितिले जे ठिक थान्यो, त्यही निर्णय गर्यो,’ उनले भने।
यसबारे अब केन्द्रीय महाधिवेशनमा छलफल हुने उनको भनाइ छ। तथापि, केन्द्रीय कार्यसमितिले गरेको निर्णयको सम्मान गर्ने बताउँदै थापाले भने, ‘मैले केन्द्रीय कार्यसमितिको निर्णय सम्मान गर्नुपर्छ।’
