काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवा र शेखर कोइराला समूह सक्रिय भएको छ । आज यो समूहले कार्यसम्पादन समिति बैठक राखेको छ । आजको भेलाले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको जनाईएको छ ।
पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराल, विजय गच्छदार, बालकृष्ण खाँणसहितका नेताहरु उपस्थित् रहेको बैठकले पार्टीको आधिकारिकताको विवाद अदालतमा विचाराधिन रहेको भन्दै अब १४औं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बस्ने र अघि बढ्ने निर्णय भएको मीन विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिईएको छ । यसअघि पनि विश्वकर्माले रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा विशेष महाधिवेशनमा निर्वाचित कार्यसमिति वैद्य नभएको बताएका थिए । उनले पार्टीको आधिकारिकताको विवाद अदालतमा विचाराधिन रहेकोले छिट्ट्रै यो विवादपनि हल हुने बताएका थिए ।
