काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
निर्वाचन आयोगले एक विशेष समारोह आयोजना गरेर ६ दलबाट निर्वाचित भएका समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।
जसमा रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९ साथै श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४– ४ सांसद छन् ।
आयोगले आजै निर्वाचन परिणामसहितको पूरा प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदैछ । प्रतिवेदन बुझाएपछि संसदको पहिलो बैठक साथै सरकार गठनको आव्हानको बाटो खुल्नेछ ।

