काठमाडौं । प्रभु बैंकले ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम आरम्भ गरेको छ। ‘स्मार्ट मनी टक’ विषयमा केन्द्रित भई सुक्ष्म, साना र मझौला उद्यम व्यवसाय गर्ने ४७ जना व्यवसायीहरुलाई वित्तिय सेवा लिँदा आवश्यक प्रक्रिया तथा कागजातसम्बन्धी विषयको जानकारी दिने उद्देश्यसहित एक दिने कार्यक्रम सञ्चालन गरेको हो।
बंैकद्वारा आयोजित कार्यक्रममा वित्तिय संस्थाबाट वित्तपोषणका लागि आवश्यक योग्यताहरुको बारेमासमेत जानकारी गराईएकोले व्यवसायीहरुलाई वित्तिय सहजता हुने विश्वास लिएको छ।
नेपालभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ एवं वित्तिय सेवा प्रदान गरिरहेको प्रभु बैंकले जनाएको छ।
