काठमाडौं । नेकपा ९एमाले० को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । आजको बैठकमा निर्वाचनको समिक्षा र पार्टीले समानुपातिकतर्फ पाएको सिटमा सांसदहरुको नाम सिफारिश गरिने बताईएको छ । अध्यक्ष ओली पितृशोकमा छन् । उनी आजको बैठकमा सेता लुगामा छन् ।
केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।
निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।
