काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणना सम्पन्न छ। निर्वाचन आयोगका अनुसार बुधबार १ करोड ७ लाख ३९ हजार ३१ मत गनिसकिएको छ। यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ कुल १ करोड ९ लाख ७७ हजार ७११ मत खसेका थिए।
हालसम्म भएको गणनाअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९,१८९ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५६४ भोट पाएको छ। यसपछि नेकपा एमालेले १४ लाख ४८ हजार ८४७, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७६५, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७१ मत ल्याएका छन्।
हेर्नुहोस् दलको समानुपातिक मतसूची
राष्ट्रिय स्वतन्त्र पार्टी: ५१,३९,१८९
नेपाली कांग्रेस: १७,४९,५६४
नेकपा एमाले: १४,४८,८४७
नेपाली कम्युनिस्ट पार्टी: ८,०५,७६५
श्रम संस्कृति पार्टी: ३,७८,६४९
राष्ट्रिय प्रजातन्त्र पार्टी: ३,२९,४७१
जनता समाजवादी पार्टी, नेपाल: १,७४,३१६
राष्ट्रिय परिवर्तन पार्टी: १,७१,५०१
जनमत पार्टी: ७८,९७३
एकल चिह्न चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल): ६१,५३४
नेपाल मजदुर किसान पार्टी: ४२,२४०
राष्ट्र निर्माण दल नेपाल: ३८,९३१
राष्ट्रिय जनमोर्चा: २९,४४०
एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी): २८,३२६
नेपाल जनता संरक्षण पार्टी: २८,१४९
प्रगतिशील लोकतान्त्रिक पार्टी: २४,६१५
नेपाल कम्युनिस्ट पार्टी (माओवादी): २३,८३३
मंगोल नेशनल अर्गनाइजेशन: २०,५८०
सार्वभौम नागरिक पार्टी: १४,७९१
एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल): १३,४३९
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल: १०,५७८
संयुक्त नागरिक पार्टी: ९,०४१
स्वाभिमान पार्टी: ८,१२७
नेपाल जनता पार्टी: ७,१४१
राष्ट्रिय जनमुक्ति पार्टी: ७,१२५
राष्ट्रिय एकता दल: ७,०४५
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी): ६,१५१
नेशनल रिपब्लिक नेपाल: ५,१५७
राष्ट्रिय गौरव पार्टी: ५,११२
नेपालका लागि नेपाली पार्टी: ५,०००
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल): ४,८१५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ४,६६४
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त): ४,५०६
राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल: ४,३१०
समावेशी समाजवादी पार्टी नेपाल: ४,२६२
गतिशील लोकतान्त्रिक पार्टी: ४,२४०
नेपाल लोकतान्त्रिक पार्टी: ४,०६४
नेपाल मातृभूमि पार्टी: ३,२०७
जय मातृभूमि पार्टी: २,९५७
राष्ट्रिय जनता पार्टी नेपाल: २,९२०
बहुजन शक्ति पार्टी: २,७३९
प्रजातान्त्रिक पार्टी नेपाल: २,२१४
नेपाल जनमुक्ति पार्टी: २,१६०
जन अधिकार पार्टी: २,०९१
नेपाल सद्भावना पार्टी: २,००३
पिपुल फर्स्ट पार्टी: १,७८७
नेपाली कांग्रेस (बीपी): १,७७९
नागरिक शक्ति, नेपाल: १,७१७
नेपाली जनश्रमदान संस्कृति पार्टी: १,६२४
नेपाली जनता दल: १,४४४
समावेशी समाजवादी पार्टी: १,३६६
जनता लोकतान्त्रिक पार्टी, नेपाल: १,२९४
एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल): १,१२३
जनप्रिय लोकतान्त्रिक पार्टी: ९४४
मितेरी पार्टी नेपाल: ७६६
उन्नत लोकतन्त्र पार्टी: ७२०
त्रिमूल नेपाल: ६८५
