काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड सात लाख २० हजार ५ सय ६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ बजे सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६ सय १९ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९ सय ५४, नेकपा एमालेले १४ लाख ४७ हजार ६ सय ६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७ सय ४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १ सय ९७ मत प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३ सय ५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४ सय ४४, जनमत पार्टीले ७८ हजार ९ सय २७ प्राप्त गरेको छ । मतगणना जारी छ ।
