काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आज दुई खेल हुँदैछन्। बिहान १२ः१५ बजे हुने पहिलो खेलमा न्युरोड टिम ९एनआरटी०ले लालिगुराँस एसोसिएसनसँग खेल्नेछ।
त्यसपछि दिउँसो ४ बजे जावलाखेल युवा क्लब र सातदोबाटो युवा क्लब आमने–सामने हुनेछन् । दुबै खेल सातदोबाटोमै हुनेछन्। मंगलबार भएको खेलमा तालिकाको पुछारको नव जन जागृति क्लबमाथि ४–० को जित हासिल गर्दै मछिन्द्र एफसी शीर्ष स्थानमा उक्लिएको छ।
मछिन्द्रलाई जित दिलाउन जोनाथन क्यान्टिलानाले ह्याट्रिक गरे। त्यस्तै एक गोल रेजिन सुब्बाको नाममा रह्यो। जितसँगै मछिन्द्र ९ खेलमा २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा जन जागृतिले अंकको खाता खोल्न सकेको छैन।
