दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले दाङमा एमालेको झन्डा जलाएको भनिएको घटना भ्रमपूर्ण भएको बताएको छ। दाङ जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै एमालेको झन्डा आफूहरूले नजलाएको बताएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला सभापति विनय घिमिरेले ुतुलसीपुरमा घण्टी पार्टीका कार्यकर्तीले जलाए एमालेको झन्डाु भन्नु भ्रामक र नियोजित रहेको दाबी गरे।
विज्ञप्तिमा पार्टीका केन्द्रीय सभापति सुर्खेतको कार्यक्रम सकेर दाङ आउने क्रममा सडक किनारमा स्वागतमा जुटेका शुभेच्छुकहरूको भीड देखेर केही अवाञ्छित तत्वहरूले भ्रम सिर्जना गरेको ठहर गरिएको उल्लेख छ। रास्वपाले उक्त घटनामा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न सुरक्षा निकायसँग माग गरेको छ।
पार्टीले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित रहन र सुसंस्कृत राजनीतिको मार्गमा लाग्न पनि अपिल गरेको छ।
