काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) का वरिष्ठ नेता बालेन शाह सोमबारदेखि पश्चिम तराईमा छन् । झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडको भ्रमण सकेर फर्केका उनी सोमबार सुदूरपश्चिम जान काठमाडौंबाट हिँडेका थिए। बालेन मंगलबार (आज ) दिउँसो मात्रै सुदूरपश्चिम पुग्ने कार्यक्रम छ । त्यसअघि उनी बाँके र बर्दियाका केही कार्यक्रममा सहभागी हुने र समर्थकसम्म पुग्ने गरिरहेका छन्।
यसैबिचमा आज बिहान उनले बर्दिया–२ मा राजापुरस्थित खोलिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। यस्तै उनले बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिरको पनि दर्शन गरेका गरेका छन् । उनले आज कैलाली र कञ्चनपुरमा आयोजना हुने सभामा सहभागी हुनेछन । उनी चुनावी अभियानमा भोली डडेल्धुरा हुँदै अछामसम्म पुग्ने कार्यक्रम रहेको छ ।
माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् । झापामा बालेनकी पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।
