काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणाली अन्तर्गत बन्दसूचीमा रहेका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गर्दैछ । आज विभिन्न राजनीतिक दलले प्रत्यक्ष प्रणालीतर्फको उम्मेदवारी सार्नका निम्ति अनुरोध गरेका थिए । तर, आइतबार साँझसम्म निर्वाचन कार्यक्रममा कुनै पनि हेरफेर भएको र्छन ।
समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेश गरेका थिए । पेश गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेश गरेको र उम्मेदवार आफैँले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको छ ।
यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक नामावली रहेको हो । सोही नामावली निर्वाचन आयोगले केही समयमै सार्वजनिक गर्न लागेको हो ।
