काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।
उनले महानगरपालिकाकी उपप्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बैठकमा सहभागी हुनुअघि उनले राजीनामा दिएको सचिवालयले जनाएको छ।
