काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केही बेर अघिबाट पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो।
बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुँदै छ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । त्यसबाहेक बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने जनाइएको छ।
