काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको एक नेताले बताए ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन गर्ने निर्णय गरिएको ती नेताले बताए । नेपाली कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई पनि ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।
संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै मन्सूरलाई पनि निष्कासन गरेको हो । बैठकले विशेष महाधिवेशनमा गएकाहरूलाई फर्किनसमेत आग्रह गरेको छ ।
