काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ। बुधबार बिहान ८ बजे बोलाएको बैठक साढे ६ घण्टा ढिलो गरी सुरु भएको हो।
विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि छलफल भइरहेका कारण बैठक ढिलो गरि सुरु भएको जनाएको छ। कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ ।
विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ ।
