काठमाडौँ । पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ वीर अस्पतालमा उपचारार्थ पुऱ्याउदै गर्दा दाहालको निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।
दाहाल विपी विचारका सच्चा अभियन्ता थिए । उनी ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु छन् । ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मेका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए ।
उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए । आज २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीनजिक धोवीखोलापट्टीमा निवासमा दाहाललाई श्रद्धाञ्जली अर्पण गरे पछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाहसंस्कार गरिने बताइएको छ ।
