काठमाण्डौं । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको लागी अस्थायी मतदाता नामावली संकलनको कार्य अगाडि बढाएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने गरी विभिन्न तहको नागरिकलाई समेटेर अस्थायी मतदाता नामावली तयार हुँदैछ।
जस अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सदस्य, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई अस्थायी मतदाता नामावलीमा समावेश गर्ने आयोगले बताएको छ।
त्यसैगरी सरकारको स्वीकृति लिएर सञ्चालन भएका वृद्धाश्रममा बसोबास गरिरहेका व्यक्तिहरूले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने गरी नामावली संकलन गरिने छ।
