काठमाडौँ । २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
नेकपा ( एमाले ) बाट रोशनी मेचे ( कोशी ) , सोमनाथ पोर्तेल ( कोशी ) , रेखा कुमारी झा ( मधेस ) , प्रेम प्रसाद दंगाल ( बागमती ) , सम्झना देवकोटा ( गण्डकी) , रामकुमारी झाँक्री ( लुम्बिनी ) , मीनासिंह रखाल ( कर्णाली) , लिलाकुमारी भण्डारी ( सुदूरपश्चिम ) ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट सुनिल बहादुर थापा ( कोशी) , धर्मेन्द्र पासवान ९मधेश०, रञ्जित कर्ण ९मधेश०, गिता देवकोटा ९बागमती०, जगत तिमिल्सिना ९गण्डकी०, वासुदेव घिमिरे ९लुम्बिनी०, चन्द्र बहादुर केसी ९लुम्बिनी०, ललितजंग शाही ९कर्णाली०, खम्म बहादुर खाती ९सुदूरपश्चिम० ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट नमिता न्यौपाने ९कोशी०, खेमराज नेपाली ९कोशी०, शशी कुमारी अग्रवाल ९मधेश०, शम्भु पासवान हजारी ९मधेश०, रामनन्दन प्रसाद ९मधेश०, लक्ष्मण पौडेल ९मधेश०, सरोज कुमारी झा ९बागमती०, प्रेमप्रसाद सापकोटा ९बागमती०, गोमा लुइटेल घिमिरे ९गण्डकी०, कपिल लामा ९गण्डकी०, दुर्गा कुमारी भण्डारी ९लुम्बिनी०, सर्जन वि।क। ९लुम्बिनी०, वृहस्पति अधिकारी ९लुम्बिनी०, अञ्जु महतारा ९कर्णाली०, बुद्धिप्रसाद शर्मा ९कर्णाली०, रोजी बस्नेत ९सुदूरपश्चिम० र टिकाराम जौशी ९सुदूरपश्चिम० ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
जनता समाजवादी पार्टी नेपालबाट चन्द्रकला देवी साह ९मधेश०, चमेली देवी दास ९मधेश०, शैलेश कुमार चौधरी ९मधेश० ले मनोनयन दर्ता गर्नुभएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट महन्थ ठाकुर ९मधेश०, नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन ९बागमती०, विक्रम ढुकुछु ९बागमती०, राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा ९गण्डकी०, शंकरप्रसाद बराल ९गण्डकी०, पद्मा पण्डित ९लुम्बिनी०, बोम बहादुर खत्री ९लुम्बिनी० ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
