काठमाण्डौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ कार्य सुरु गरेको छ।
शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले छपाइ कार्यको औपचारिक उद्घाटन गरेका हुन्।
आयोगको सचिवालयका अनुसार निर्वाचनको तयारीलाई तीव्र बनाउने क्रममा मतदाताहरूको अन्तिम नामावली छपाइ सुरु गरिएको हो।
