काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, स्थायित्व र समृद्धिका लागि उद्योग वाणिज्य महासंघ र समग्र निजी क्षेत्रले गरिरहेको पैरवी र सहयोगका लागि पनि आभार व्यक्त गरेकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघले आज ( बुधबार ) आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यस् सामूहिक पहल कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘यहाँहरुले आफ्नो पीडा लुकाएर पनि जुन साहसका साथ व्यवसाय अगाडि बढाइराख्नु भएको छ, त्यसको म उच्च प्रशंसा गर्दछु। मूलतः सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन गर्ने गरी यो सरकार गठन भएको सबैलाई विदितै छ।’
प्रधानमन्त्री कार्कीले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि आफूहरुप पुगेको पनि दाबी गरिन् । उनले अघि भनिन्,‘यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोग लगायत सरोकारवालाहरुप्रति आभारी छौँ।
