काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। बैठकमा विकसित राजनीतिक घटना, पार्टीको महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। तर कार्यतालिका अनुसार काम गर्न सकेको छैन। भोलिको बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने जनाइएको छ।
