रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । लामिछाने कुल दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।
उनी सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा थिए । आज उनी भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा बैंक जमानत बुझाएर छुटेका हुन् । काठमाडौं । रास्वपा सभापति रवि लामिछाने अदालतको आदेश अनुसार रिहा भएका छन् । आज जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात उनी छुटेका हुन् । लामिछाने भैरहवाबाट चितवन प्रस्थान गर्ने रास्वपा नेता गणेश पराजुलीले बताए।
चितवनमा भोलि रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । उनी भोली साँझ काठमाडौं फर्किने कार्यक्रम छ । रविसँगै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल पनि रहनेछन् । अन्य नेताहरू भने फरक फरक गन्तव्यतिर लागेका छन् । रविकी पत्नी निकिता पनि साथमै छिन् ।
