काठमाडौँ । नेकपा ( एमाले ) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौ दिन आज विहानदेखि मतदान सुरु भएको छ ।
अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा विहानै मतदान गर्नुभएपछि विहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।
भृकुटीमण्डपमा जारी महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिहरू मतदान गरिरहनुभएको छ ।
एक पटकमा ५० जनाले मतदान गर्न पाउने व्यवस्था एमाले केन्द्रीय निर्वाचन आयोगले मिलाएको छ ।
मतदान प्रक्रिया सकिन करिब चार बज्ने र आजै परिणाम आउने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

