काठमाण्डौ. । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकको मंसिर १ गते बस्ने भएको छ। भोलि ९कात्तिक २९ गते० शनिबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको छ।
एक महिनादेखि बस्दै र स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन चुनाव अघि गर्ने वा पछि भन्ने विषयमा अनिर्णित छ।
