जनकपुरधाम । मधेश प्रदेशसभाका पाँच सांसद पदमुक्त भएका छन्। सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि उनले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको उल्लेख गर्दै उनीहरूलाई पदमुक्त गरेका हुन्।
पदमुक्त हुनेमा सांसद उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय यादव, सिंहासन कलवार र सारदा प्रसाद कलवार रहेका छन्।
उनले आजै एक सूचना जारी उनीहरूको पद रिक्त रहेको जानकारी गराएका छन्। 
