काठमाण्डौं । मधेस प्रवेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार कार्यभार सम्हालेका छन्। मुख्यमन्त्री कार्यालयभित्र उनले कार्यभार सम्हाल्दै गर्दा बाहिर भने प्रदर्शन भएको छ । यादवले पदभार ग्रहण गरिरहँदा बाहिर भने नेकपा ( एमाले ) बाहेकका सात दलका नेताकार्यकताएले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो भने प्रहरीले लाठीचार्ज गरेको थियो। प्रदर्शनका कारण मधेस प्रदेश भवन क्षेत्र अहिले तनावपूर्ण बनेको छ । मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिदहरूलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।
मुलुकमा सङ्घीयता ल्याउन उनीहरुको अतुलनीय योगदान रहेको बताउँदै मुख्यमन्त्री यादवले शहीदका परिवारलाई मधेसमा आर्थिक सहयोग दिइएको भएपनि मधेसका शहीदहरूलाई सम्मान नभएको बताए । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले सोमबार झिसमिसे उज्यालोमा बर्दिबासको एक होटलमा शपथ लिएका थिए।
