काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा ( एमाले ) बाहेकका ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि पुगेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध एमाले बाहेकका सबै दल रिट दायरका लागि सर्वोच्च अदालत पुगेका हुन् ।
मधेश प्रदेश सभाका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित एमाले बाहेकका सबै दलले सर्वोच्चमा रिट दायर गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता युवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) संसदीय दलका नेता जयलुन राइन्सहितका नेता ७४ जना सांसदको हस्ताक्षरसहित रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।
