काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। अहिले बिहान ११ः३० बजे बस्ने आजको बैठकमा १५ औँ महाधिवेशन र आगामी रणनीतिकबारे छलफल हुने जनाइएको छ । कांग्रेसले एक महिनादेखि केन्द्रीय समितिको बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने छलफल गर्दै आएपनि विभाजित विचारहरुका कारण निश्कर्ष निकाल्न सकाल्न सकेको छैन् ।
संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेसभित्र संसद् ब्युँताउने र पुस वा वैशाखमा महाधिवेशन गर्ने भन्ने विषयसमेत बाहिर आएको छ । त्यस्तै, सरकारले भदौ २७ गते गरेको संसद् विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहँदा कांग्रेसका केही सांसदले हस्ताक्षर अभियानको गतिविधि बढाएका छन् ।
वर्तमान सभापति शेरबहादुर देउवा कार्यसमितिको म्याद मंसिरदेखि सकिने हुँदा कांग्रेसभित्र जारी गुट–उपगुटका बैठक र केन्द्रीय समितिले कुनै निष्कर्ष निकाल्न सकेको छैन। भदौ २८ गतेदेखि जारी कार्यसमितिको बैठक यसअघि गत शनिबार नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।
