काठमाडौँ । सरकारले लैनचौर स्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने सरकारको तयारी गरेको छ । आज एक सूचना जारी गदै नेपाल स्काउटले ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बिचमा भएको सम्झौता ०७५ सालमा सकिए पनि मुद्दा मामिलाका कारण खड्का ल्यान्ड भोगचलन गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भोगचलन गरेपछि सात दिनको अवधि दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको हो ।
अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने सूचनामा उल्लेख छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि पूर्व उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो ।
