काठमाडौं । भदौ २३ र २४ गतेको घट्नाको जाँचबुझ गर्न गठित न्यायिक आयोगले रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिएको छ । बयानको लागि लामिछानेलाई आज अपरान्ह सिंहदरबार ल्याईएको थियो । उनीसँग ६ घण्टाभन्दा लामो बयान लिईएको हो । बयान सकिएलगत्तै उनलाई नख्खु कारागार पठाईएको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा रवि लामिछाने नख्खु कारागारबाट निस्किएका थिए । लामिछानेले कारागारबाट निस्किँदै गर्दा पत्र प्राप्त भएको बताएका थिए । तर, त्यो पत्र नै नक्कली भएको र आवश्यक प्रक्रिया नपुगेको बताईन्छ । आयोगले आजमात्रै नेपाल प्रहरीका आईजिपी चन्द्रकुबेर खापुङसँग पनि बयान लिएको छ ।
