काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी पुस्तालाई धोकामा पारिएको बताएका छन्। जेनजी आन्दोलनबाट सरकार छाड्न बाध्य भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै निवर्तनमा प्रधानमन्त्री ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा छुट्याएर हेर्ने गरेको बताए। ‘जेनजी आन्दोलनलाई तीन भागमा हेर्छु। उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए।
भ्रष्टाचार, अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुलाइनुपर्छ भन्ने माग थिए,’ उनले भने, ‘जेन–जीलाई धोकामा पारियो, जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो।’ एमाले अध्यक्ष ओलीले जेन–जीले आन्दोलनको क्रममा प्रधानमन्त्रीको राजीनामा नमागेको बरु धोकामा पारेर संसद् भवनतर्फ पुर्याइएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे । ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ? ,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’
