काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले पार्टीलाई नयाँ दिशा र सम्भावना भएको पार्टी बनाउनका लागि आगामी मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् । आज ९बिहीबार० केन्द्रीय समिति बैठकमा धारणा राख्दै अन्य दलहरुले आगामी मंसिरमा महाधिवेशनको तयारी गरिरहेको अवस्थामा कांग्रेसले पनि गर्न सक्नुपर्ने बताएका हुन् ।
‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं रु त्यसकारण म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु–कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिर महिनामा हाम्रो महाधिवेशन गर्नुपर्छ,’– उनले भने ।
साथै, उनले विशेष महाधिवेशनको लागि उत्साहजनक हस्ताक्षर भएको पनि बताए । उनले विशेष महाधिवेशनको नाममा इतर समूहले चलाएको हस्ताक्षर अभियानलाई उत्साहको संज्ञा दिए । हस्ताक्षर अभियानको मर्मलाई समेत सम्बोधन गरेर आगामी मंसिरमा नियमित महाधिवेशनमा जानुपर्ने उनको सुझाव छ ।
